स्मार्ट वडा निर्माणबारे छलफल

पोखरा ।
सृजना विकास केन्द्रले पोखरा–८ लाई स्मार्ट वडा निर्माण गर्नका लागि टोल विकास संस्थाहरूसँग शुक्रबार छलफल गरेको छ । अन्तत्र्रिmया कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सृजना विकास केन्द्रका अध्यक्ष विष्णुप्रसाद बरालले वडा नम्बर ८ पोखराको मुटुमा रहेको र यस क्षेत्रमा विभिन्न महत्वपूर्ण कार्यालयहरू रहेको कुरा उल्लेख गरे ।
उनले सृजना विकास केन्द्रले विगतमा हासिल गरेका उपलब्धि र अनुभवको उपयोग गर्दै वडा नम्बर ८ लाई मोडेलका रूपमा अगाडि बढाउन महानगरपालिका, वडा, र यहाँस्थित संघ–संस्थासँग सहकार्य गर्ने धारणा राखे ।
कार्यक्रममा सहभागी १४ वटा टोल सुधार समितिका संयोजकहरू तथा प्रतिनिधिहरूले आफ्नो टोलका सम्भावना र चुनौतीबारे प्रस्तुति राख्दै अन्तरक्रिया कार्यक्रमलाई महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।
सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष तथा सल्लाहकार सभाका सभापति डम्बरबहादुर केसीले सृजना विकास केन्द्रको ४५ वर्ष लामो अनुभव र सिकाइलाई वडाको विकासमा जोड्दै स्मार्ट वडा बनाउन प्रारम्भिक छलफलको आयोजना गरिएको बताए ।
उनले सम्पूर्ण वडा बासिको हित हुने योजनाहरूको तर्जुमा गरेर अगाडि बढ्न सकिने हो भने यसले दीर्घकालीन प्रभाव पार्ने विचार राखे । सृजना विकास केन्द्रका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव चन्द्र गिरीले कार्यक्रम सञ्चालन गरे भने संस्थाका सचिव बालकृष्ण बरालले छलफलमा उठेका विषयको निचोड प्रस्तुत गरे ।
तपाईको प्रतिक्रिया