छोरेपाटन माविका २२ सय विद्यार्थीको आँखा जाँच
समाधान संवाददाता
२०८१ पुष ९ गते ११:२५
पोखरा ।
छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा छोरेपाटन माविका २ हजार २ सय विद्यार्थीको निशुल्क आँखा जाँच गरिएको हो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले शिविर सुरुआत गरे । विद्यार्थी कालमा पढ्ने र जीवनमा उपयोग हुने सीप सिक्नुपर्ने बताउँदै उनले आँखामा कुनै पनि समस्या देखिएमा अस्पतालमा गएर जाँच गर्न आग्रह गरे ।
हिमालय आँखा अस्पतालका प्राविधिकहरु अर्सु केसी, प्रशान्त भण्डारी, कृष्टिना खड्का, रितिका विक लगायतले शिविरमा सहयोग गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रधानाध्यापक खेमराज बराल , मेघनाथ पौडेल, शिक्षक दीपक सुनार, मञ्चका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष हिमलाल उपाध्याय, सचिव शालिकराम भण्डारी लगायतले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया