गण्डकी प्रदेशमा २ सचिव आए

पोखरा। सरकारले १२ जना सहसचिवको सरुवा गर्दा गण्डकी प्रदेशले २ सचिव पाएको छ । लामो समयदेखि सचिवविहीन भएको प्रदेशको आर्थिक मामिला र प्रदेश नीति तथा योजना आयोगका लागि २ आउने भएका हुन् ।
पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। गण्डकीमा नवराज ढकाल र टंकप्रसाद पाण्डे आउने भएका हुन् । पहिला सचिवले नै जिम्मेवारी तोकेर पठाउने गरेकामा अहिले प्रदेश आएका सचिवलाई प्रदेशकाे मन्त्रिपरिषदले मन्त्रालय वा निकायमा खटाउने गरेको छ ।
अतिरिक्त समूहका रितेश कुमार शाक्य र वीरन्द्र देव भारतीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशमा पठाइएको छ।
त्यस्तै, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीका बसन्तप्रसाद कोइरालालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ। भक्तपुर अस्पतालकी सुमित्रा गौतमलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशमा खटाइएको छ। युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रुद्रप्रसाद अधिकारीलाई प्रदेश प्रमुखको कार्यालय, मधेस प्रदेशमा सरुवा गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालय, लुम्बिनी प्रदेशका प्रदेश सचिव चिरञ्जीवी पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा खटाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशका प्रवीण श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव दीपकराज नेपाललाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ।
यसैगरी, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयका चक्रबहादुर बुढालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णुप्रसाद शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ।
तपाईको प्रतिक्रिया