बलिदानी सहकारीका नवीन पक्राउ
समाधान संवाददाता
२०८१ पुष ९ गते १९:०४

पोखरा
पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्थामा जम्मा रहेको रकम अपचलनमा संलग्न एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सहकारीका ऋण उपसमिति सदस्य तथा लोन अधिकृत २७ वर्षीय नवीन भण्डारी पक्राउ परेका हुन् ।
स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा–८ आलुमाइलाचोक बस्ने भण्डारीलाई सोमबार पोखरा–९ पृथ्वीचोकबाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी वसन्तकुमार शर्माले बताए ।
भण्डारी सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरीत रकम हिनामिना एवं अपचलन गरी ठगी गरेको कसुरमा संलग्न रही फरार रहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीलाई मंगलबार कास्की जिल्ला अदालतमा मुद्दाको अभियोगपत्र माग दावी अनुसार सजायको लागि उपस्थित गराइएको शर्माले जनाए ।
सम्बन्धित







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया