स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, ३ जना घाइते
समाधान संवाददाता
२०८१ पुष १० गते ११:४१

पोखरा ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मंगलबार राति लु ४ त ७८३१ नम्बरको ट्याक्टर दुर्घटनामा परि बाराका सब्दुल अन्सारीको घटनास्थलमै मृत्यु स्याङ्जा प्रहरीले बताएको छ ।
बाराका २४ वर्षीय अर्जुन शाह, कलैयाका २६ वर्षीय सलाम मुदिन मन्सुरी र गढिमाईका १४ वर्षीय सिकिन्दर यादव घाइते भएका प्रहरीले जानकारी दिएको छ । साह र मन्सुरीको अवस्था गम्भिर प्रहरीको भनाइ छ । कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारका लागि राति नै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।
प्रहरीका अनुसार कालीगण्डकी–३ को बिर्घा–मिर्मी सडक खण्डको भित्री सडकमा ट्याक्टर अनियन्त्रित भएर भिरबाट झण्डै ४० मिटर तल खसेको थियो ।
सम्बन्धित








पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
ताल बाराही स्कुल ६८ वर्षमा
हाइड्रोविरुद्ध मादीवासीका २२ बुँदे माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया