गण्डकीमा स्वास्थ्य सुधारका दीर्घकालीन योजना बनाएको छु– मन्त्री पाठक

पोखरा ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन अल्पकालीन, मध्यकालीन, र दीर्घकालीन योजनाहरू सार्वजनिक गरेर काम गरेको बताएका छन् । बागलुङ समाजको २४औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले स्वास्थ्यको पहुँचमा पुर्याउने गरि कार्यक्रम ल्याएको बताएका हुन् ।
उनले योजनाहरुमा चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन, औषधिको गुणस्तर सुनिश्चितता, ट्रमा केयर सेन्टर स्थापनाजस्ता अल्पकालीन कार्यक्रमदेखि लमजुङ, स्याङ्जा, र दमौली अस्पतालको नयाँ भवन निर्माण तथा गण्डकी स्वास्थ्य प्रवद्र्धधन केन्द्र स्थापना गर्ने मध्यकालीन कार्यक्रम समेटिएका बताए । साथै दीर्घकालीन योजनाहरु अन्तर्गत स्वास्थ्य बजेट १० प्रतिशत पुर्याउने, क्यान्सर, मुटु र मिर्गौलाका रोगका लागि विशिष्टीकृत अस्पताल स्थापना गर्ने, र एयर एम्बुलेन्सको व्यवस्था गर्ने योजना रहेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै मन्त्री पाठकले सहकार्य समन्वय र भाइचारको नमुनाको रुपमा बागलुङ समाज र सहकारी रहेको उल्लेख गर्दै अझ उदाहरणीय कार्यका लागि शुभकामना दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्माले समाजले समुदायको एकता र समृद्धिका लागि खेलेको भूमिका उदाहरणीय रहेको भन्दै समाज र सञ्चार माध्यमबीच सहकार्यको खाँचो औंल्याइन् । समाजका पूर्वअध्यक्ष एवम सल्लाहकार कुलचन्द्र शर्माले बागलुङ समाजको हितका लागि एकता, आपसी सहयोग, र साझा प्रयासको खाँचो औल्याउँदै समाजलाई बलियो बनाउन सबै सदस्यको योगदान अपरिहार्य रहेको बताए । सहकारी पनि यसैको उपज भएको उनको भनाइ थियो ।
समाजका अध्यक्ष ठाकुर प्रसाद सापकोटाले सदस्यहरुबीच जमघट छलफल र आत्मियताबाट मात्रै सिर्जनशिल र नविनतम सोचको विकास हुने भएकाले वनभोज, साधारण सभालाई सबैले अपनत्व लिएर उपस्थित हुनुपर्ने धारणा राखे ।
सो अवसरमा एसइइमा उत्कृष्ट अंकल्याउने रोहन रेग्मी र अनुसा केसीलाइ समाजद्धारा संचालित स्व. प्रेमप्रसाद सापकोटा स्मृति पुरस्कार २०८१ प्रदान गरिएको थियो ।
कार्यक्रममा बागलुङ चत तथा ऋण सहकारीका सचिव महेन्द्र ढकाल, समाजका उपाध्यक्ष नरेश सुवेदी सचिव गंगा पुनलगायतले संस्थागत भनाइ र आगामी कार्ययोजनाको बारेमा धारणा राखेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया