वन्दनालाई एनसेल वुमन अवार्ड

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा क्रियाशील वन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आइसिटी अवार्ड २०२४ को ग्रान्ड फिनालेमा उनलाई अवार्डबाट सम्मानित गरिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सिएसआर हेड विशाखा लक्ष्मी खड्काले संयुक्त रुपमा शर्मालाई सम्मान गरेका थिए । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख पाएकी छन् ।
नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलालाई सम्मान तथा प्रोत्साहन गर्नका लागि ५ वर्षदेखि आइसिटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ ।
सूचना प्रविधिको क्षेत्रमा प्रदान गरिने यो सम्मानले समाजको परिवर्तनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रहेर काम गरिरहेका हरेक महिलालाई ऊर्जा थप्ने शर्माले सुनाइन् । ‘यो क्षेत्रमा भविष्य खोज्ने युवाका लागि यो एक आशा हो,’ शर्माले भनिन् ।
२०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी यो अवार्डबाट सम्मानित भएका थिए । महिलालाई सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन र यस क्षेत्रमा उनीहरुको योगदानको कदर गर्न अवार्ड स्थापना र सञ्चालन गरिएको एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड खड्काले जनाइन् ।
पोखरा विश्वविद्यालयबाट बिसिए गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एन्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनि प्रोफेसनल म्यानेजमेन्ट कमिटीमा पनि आवद्ध छिन् ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया