करारका कर्मचारी भर्ना गर्न ल्याइएको अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखकोमा
समाधान संवाददाता
२०८१ पुष ११ गते १५:०९

पोखरा । प्रदेश लोक सेवा आयोगको राय लत्याएर गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी राख्ने गरी ल्याएको अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार प्रमाणीकरणका लागि अध्यादेश प्रदेश प्रमुखको कार्यालयमा पठाएको हो । प्रदेश प्रमुख भट्टले आज अध्ययन गरी शुक्रबार मात्र प्रमाणीकरण गर्ने भएका छन् ।
अध्यादेश संघीय र प्रदेश कानुन विपरीत रहेको र योग्यता प्रणालीलाई पूर्णरुपमा लत्याएर ल्याइएको भन्दै सरकारको चौतर्फी आलोचना भएको छ ।
प्राविधिक कर्मचारीको अभावमा बजेट खर्च समेत प्रभावित भएको भन्दै सरकारले प्रदेश निजामती सेवा ऐनको प्रावधान फेर्न संसद छलेर अध्यादेश ल्याएको हो ।
सम्बन्धित









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया