पोखरामा जारी वुमन्स च्यालेन्जर टि २० क्रिकेटमा अकलाको लागतार दोस्रो जीत

समाधान संवाददाता २०८१ पुष ११ गते २१:२७

पोखरा । पोखरामा जारी वुमन्स च्यालेन्जर टि २० क्रिकेट प्रतियोगितामा टिम अकलाले लागतार दोस्रो जित निकाल्दा भद्रकालीले पहिलो जित हाँसिल गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको च्यालेन्जर कप टी २० क्रिकेटमा आ–आफ्नो खेलमा टिम अकला र टिम भद्रकालीले जित निकालेका हुन् ।

Advertisement

१ सय ९ रनको विजयी लक्ष्य पछ्याएको अकलाले १६.४ ओभरमा २ विकेट गुमाउँदै विजयी बन्यो । अकलाकी कप्तान सिर्जना पौडेलले सर्वाधिक ४७ रनको योगदान दिइन् । उनले ४७ बलमा ८ चौका प्रहार गरिन् । सुुस्मीता श्रेष्ठ १५ र विनिता सिग्देल २ रनमा अविजित रहिन् । कृष्टिना अर्याल शून्यमा आउट भइन् ।

विन्ध्यवासिनीका लागि सोनिमा थापा र रोजी परियारले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विन्ध्यवासिनीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । विन्ध्यवासिनीका लागि चन्द्रमाया बराल २१ रनमा अविजित रहिन् । उनले ३२ बलमा २ चौका प्रहार गरिन् । कुशुम राइ २ रनमा अविजित रहिन् । एलिना श्रेष्ठ १६, सोनिमा थापा ६र करिमा जैसवाल १६ रनमा आउट भए ।

रोजी परियार, मेघा खड्गी शून्यमै आउट भइन् । अकलाका लागि सुशीला डिमडोङले २ विकेट लिइन् । दोस्रो खेलमा भद्रकालीले ८ विकेटको जित हासिल गरेको छ । ५९ रनको विजयी लक्ष्य पाएको भद्रकालीले ८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो । भद्रकालीका लागि सम्झना विक २५ रनमा आउट भइन् ।
रेखा तामाङ ५ रनमा आउट भइन् । रेजिना विक ४ र पूर्णिमा गुरुङ शून्यमा आउट भइन् । बाराहीका लागि रिया तामाङले २ विकेट लिइन् । टस जितेर ब्याटिङ थालेको बाराहीले १३.२ ओभरमा ५८ रन बनाउदा अलआउट हुन पुुग्यो । बाराहीका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

भद्रकालीका लागि पूर्णिमा गुरुङले ४ ओभरमा १२ रन खर्चदै सर्वाधिक ५ विकेट लिइन् । रेखा तामाङ, रेजिना विकले २÷२ तथा मुस्कान जैसवालले १ विकेट लिए । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र पिएम कप क्रीकेटका लागि जिल्ला छनोटको रुपमा रहेको प्रतियोगिताबा कास्की जिल्लाको टिम छनोट गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया