पाेखरामा प्रदेश स्तरीय ब्याडमिन्टन तयारी

पोखरा ।
पोखरा स्पोर्टस एन्ड ब्याडमिन्टन क्लब पोखरा १७ ले ६० वर्ष माथिको खुला मेन्स डबल्स तथा गण्डकी प्रदेश स्तरीय डबल्स ओपन व्याडमिन्टन प्रतियोगिता गर्न लागेको छ । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ पुस १८ गते देखि २० गतेसम्म प्रतियोगिता गर्न लागेको क्लब अध्यक्ष शंकर भट्टराईले बताए ।
अध्यक्ष भट्टराईले पुरुष डबल्समा ए डिभिजन र बि डिभिजनका खेलाडीले भाग लिने जनाए । ब्याडमिन्टनको खेलको विकास र पोखरालाई खेलकुदको सहरका रुपमा विकास गर्ने उद्देश्यले गर्न लागेको प्रतियोगिताका लागि १० लाख ५७ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताले नयाँ खेलाडिलाई मौका तथा प्रोत्साहन हुने आयोजकको भनाइ छ । मेन्स डबल्स ओपन ए डिभिजनतर्फ प्रथम हुने खेलाडीले ४५ हजार, द्वितीय हुनेले ३० हजार र तृतीयले १५ /१५ हजार नगद पुरस्कार पाउने छन् ।
मेन्स डबल्स ओपन बि डिभिजनतर्फ प्रथम हुनेले ३२ हजार, दोस्रोले २० हजार र तेस्रोले १०/१० हजार पुरस्कार पाउने छन् । मेन्स ६० वर्ष माथिको मेन्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमश ३०, २० र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने क्लबले जनाएको छ । महिला डबल्समा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई टोलीले ७ हजार ५ सयका दरले पुरस्कार पाउने छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया