कास्की कारागारमा निशुल्क शिविर

समाधान संवाददाता २०८१ पुष १३ गते १९:११

पोखरा । कारागार कार्यालय कास्कीमा शनिबार कैदी, बन्दीको सुगर, युरिक, एसिड थाइराइड जाँच सित्तैमा गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा शिविर भएको हो ।

Advertisement

शनिबार भएको शिविरमा २ सय ६० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ । ती परीक्षणको रिपोर्ट आगामी बुधबार वितरण गरिने युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए । ‘आज रगत परीक्षणका लागि स्याम्पल लिइएकाह?को रिपोर्टसहित विशेषज्ञबाट परामर्श बुधबार दिइनेछ,’ पन्तले भने, ‘त्यो दिन आवश्यक पर्ने बिरामीह?लाई औषधीसमेत वितरण गर्छाै ।’

बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विषयगत चिकित्सकले बिरामीको जाँच र परामर्श दिने तय भएको युआरएल फाउन्डेसनका सचिव गणेशप्रसाद कोइरालाले बताए । कास्की कारागार शाखाका स्वास्थ्य इन्चार्ज तपरमण पोखरेलले सीमित स्रोतका बाबजुद पनि आफूहरु कारागारमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिपरेको जनाए ।

कैदी बन्दीको स्वास्थ्य सेवालाई बनाउन यस्ता शिविरले सघाउने कारागार प्रमुख राजेन्द्र शर्माको भनाइ छ । यस्तो सेवा पाउदा आर्थिक समस्याबाट उपचारमा सहज भएकाह? पनि लाभान्वित हुने उनको भनाइ छ ।

यसैबीच, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालिले प्रवद्र्धन गरेको युआरएल फाउन्डेसनले शनिबार पोखरामा अर्काे पनि निशुल्क शिविर आयोजना गरेको छ । मिर्मिरे उर्जा विकास सहकारी संस्था पोखरा ८ न्यूरोडको वार्षिक साधारण सभाको अवसरमा भएको निशुल्क रक्त तथा दन्त परीक्षण शिविरमा १ सय ४२ जनाको निशुल्क जाँच गरिएको छ । शिविरमा सहभागीह?को मधुमेह, रगतमा हुने खराब बोसो(टिजी) र रक्तचाप जाँच गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया