लोककविको स्मृतिमा सेभेन ए साइड तयारी

पोखरा । लोक कवि अलि मियाँको स्मृतिमा चौथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा १३ को आयोजनामा माछापोखरी फुटबल मैदानमा माघ १३ देखि प्रतियोगिता हुन लागेको हो ।
समितिका अध्यक्ष अब्बास अलिमियाँले माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए । प्रतियोगितामा ४० भन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा गरिएको समितिका सचिव महोमद तारिक अजिजले बताए।
आयोजकले प्रतियोगिताको पुरस्कार राशि पनि बढाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्वितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने खेल संयोजक नाजिम अलीले जानकारी दिए ।
विधागततर्फ ५ विधामा खेलाडीलाई पुरस्ककृत गरिने छ । बेस्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई जनही नगद ५ हजार प्रदान गरिनेछ । समितिका सहकोषाध्यक्ष सम्सुल हकले प्रतियोगिता गर्न १० लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको सुनाए ।
तपाईको प्रतिक्रिया