यःमरी चखाएर सकियो महोत्सव

पोखरा । पोखरा महानगरपालिका ४ को आयोजनामा पोखरामा भएको यःमरी महोत्सव सकिएको छ । नेवाः मिसा पुचः को संयोजनमा पोखराको गणेश टोलमा भएको महोत्सव पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिँदै सकिएको हो ।
नेवारी समुदायमा प्रचलित यःमरी अन्य समुदायले पनि निकै स्वादिलो मान्दै खाएका छन् । जहाँ यःमरीको प्रतियोगिता पनि भएको थियो । महोत्सवमा यःमरी प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारको प्रदर्शनी तथा बिक्री गरिएको छ ।
महोत्सव पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
मेयर आचार्यले वडाले प्रस्ताव ल्याए उक्त महोत्सवलाई हरेक वर्ष आयोजना गर्न महानगर तयार रहेको बताए । सबै जातजाति, भाषा, संस्कृति संरक्षण गर्ने पोखरा महानगरको नीति रहेको उनले बताए । मेयर आचार्यले महोत्सव स्थल गणेश टोल पोखराको ऐतिहासिक महŒवको क्षेत्र र बजार प्रारम्भ भएको क्षेत्र रहेकाले यसको संरक्षणका लागि महानगरले विशेष योजना बनाएकोसमेत सुनाए ।
कार्यक्रममा नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेले यःमरीलाई अरु समुदायमा पनि चिनाउन आवश्यक रहेकोमा जोड दिए । पोखरा ४ को वडा कार्यालयले सराहनीय कार्य सुरु गरेकाले आगामी दिनमा यसको निरन्तरता दिन उनले सुझाव दिए ।
वडामा रहेका कला संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बताए । महोत्सवमा पशुपति शर्मासहित अन्य कलाकारको सांगीतिक प्रस्तुति रह्यो । उक्त अवसरमा मौलिक लाखे, धिमे र कुमारी नृत्य लगायत अन्य सांस्कृतिक झाँकीहरुसमेत प्रस्तुति गरिएको छ ।
महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाएको लाइभ डेमोस्ट्रेसन भएको नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताइन् । महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारको प्रदर्शनी तथा बिक्री गरिएको थियो । महोत्सवमा यःमरीसहित नेपाली पिज्जा, बारा, सेलरोटी, समयबजी लगायत परिकारका स्टल राखिएका थिए ।
महोत्सव उद्घाटनअघि झाँकीसहितको र्याली निकालिएको थियो । पोखरा ४ को कार्यालयबाट सुरु भएको र्याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्ण टोल हुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया