निस्सिम थापा फाउन्डेसनको दोस्रो अधिवेशन

पोखरा । निस्सिम थापा फाउन्डेसनको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन शनिबार पोखरामा भएको छ ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. रामचन्द्र बरालले फाउन्डेसनको प्रगतिमा शुभकामना व्यक्त गर्दै निस्सिम थापाको आकांक्षा र समाजशास्त्रको अध्ययनलाई जोड्दै उदाहरणीय व्यक्तित्वको रूपमा चित्रण गरे ।
कार्यक्रममा एमए सोसियोलोजीमा उत्कृष्ट नतिजा हासिल गरेका विनोदकुमार कार्कीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राख्न सफल पाइलट अमन थापामगर, तोरण गुरुङ र अन्जन कुँवरलाई पनि उक्त अवसरमा सम्मान गरिएको छ ।
कार्यक्रमको दोस्रो सत्रमा सम्पन्न भएको अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ । फाउन्डेसनको अध्यक्षमा प्रकाश थापा अध्यक्ष, उपाध्यक्षमा सावित्री थापा मोक्तान, सचिवमा रिता पौडेल, कोषाध्यक्षमा सागर क्षेत्री चयन भए । सदस्यमा रुपेश गुरुङ, नेहा श्रेष्ठ, सुरज थापा, राजुबहादुर थापामगर र प्रदीप पौडेल छन् । नयाँ कार्यसमितिलाई बधाई दिँदै अध्यक्ष प्रकाश थापाले सबै सदस्यहरूको सक्रियतामा जोड दिँदै फाउन्डेसनलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया