‘दुर दी पोखरा’मा साइक्लिस्टको उत्साह

साइकलसँगै ६३ वर्षको यात्रा, पोखरामा साइकल प्रेमी सम्मानित

समाधान संवाददाता २०८१ पुष १४ गते १०:५८

पोखरा । पोखरामा आयोजित सातौं ‘टुर दी पोखरा’ साइकल र्‍यालीमा ८४ वर्षका फौदबहादुर बस्नेतलाई सम्मानित गरिएको छ ।

Advertisement

६३ वर्षदेखि निरन्तर साइकल चलाइरहेका बस्नेतलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापा र घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मानपत्र हस्तान्तरण गरेका हुन् । स्वास्थ्य, वातावरण र पर्यटन प्रर्वद्धनका लागि साइकल चलाउने ५ सय भन्दा बढी साइक्लिष्टहरूले र्‍यालीमा सहभागिता जनाएका थिए । उनीहरुले पोखराको प्रमुख स्थलहरू परिक्रम गरेका हुन् ।

यस अवसरमा आर्वा विजयी पोखरामा आयोजित ‘दोस्रो पोखरा इन्डिरो साइकल प्रतियोगिता’को पुरुष जुनियरतर्फका सेकेन्ड रनरअफ र मेयर कपको दोस्रो भएका दृश्यराज पन्थी र इन्डिरोकै मास्टर ए तर्फबाट प्रथम भएका राजन भण्डारी लगायतलाई सम्मान गरेका गरिएको थियो । नवराज श्रेष्ठ, रक्चे लामा लगायतलाई सम्मान गरिएको हो ।

स्वास्थ्य, वातावरण र पर्यटन प्रर्वद्धनका लागि साइकल भन्ने मूलनारासहित यसवर्ष साइकल सिटीले टु दी पोखरा नारा दिएर साइकल र्‍याली गरेको थियो । पोखरा साइक्लिङ ¥यालीमा काठमाडौं, भक्तपुर, ललितपुर, स्याङ्जा, मुस्ताङ, पोखरासहित केही विदेशी साइकल प्रेमीहरुसमेत सहभागिता भएको थिए । र्‍यालीमा करिब ५ सय बढी साईकलिस्टले स्वास्थ्य, वातावरण र पर्यटन प्रर्वद्धनात्मक सन्देशसहित पोखरा बजार परिक्रम गरेका हुन् ।

पोखरा सभागृह चोकबाट सुरु भएको टुर दी पोखरा साइकल र्‍यालीले पृथ्वीचोक, अमरसिंह चोक, रामबजार, महेन्द्रपुल, बगर, जिरो किलोमिटर, सृजनाचोक हुँदै पुनः सभागृह चोकमा पुगेर अन्त्य भएको थियो । र्‍याली अघि साइक्लिङ विधामा योगदान दिएका बस्नेतसहितलाई सम्मान गरिएको थियो । चौरासी पूजा गरिसकेका बस्नेत देखाएको लगाव र उनको योगदानको कदर गर्दै साइकल सिटीले सम्मान गरेको थियो । भारतमा ३५ वर्ष साइकल कम्पनीमा सेवा गरेका बस्नेत त्यसअघि नेपाल आर्मीमा रहँदा २०१७ सालदेखि नै साइकल चलाउन थालेका थिए ।

Advertisement

सम्मान कार्यक्रममा ण्डकी प्रदेशका सामाजिक विका, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले स्वास्थ्य वातावरण तथा पर्यटन प्रर्वद्धनका लागि साइकल ¥याली कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह गरेको बताए । उनले साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैं चुस्त र यसका माध्यमबाट पर्यटन विकासमा टेवा पुर्‍याउन साइकल र्‍याली कार्यक्रम फलदायी बताए । मन्त्री थापाले वातावरण र पर्यटनका लागि हुने यस प्रकारका कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले सधैं सहयोग र सहकार्य गर्ने बताए ।

स्वास्थ्य, वातावरण र पर्यटनका लागि पोखरामा सन् २०१२ देखि साइकल सिटी पोखराले निरन्तर साइकल र्‍याली गर्दै आइरहेको अध्यक्ष श्यामकृष्ण श्रेष्ठ बताएका थिए । उनले पर्यावरणको रक्षा मानव स्वास्थ्यलाई सन्तुलित राख्न र साइक्लिङका माध्यमबाट गण्डकी प्रदेशको पर्यटन विकासमा सहयोग आफूहरुको उद्देश्य रहेको बताए ।

साइकल सिटी पोखराका निवर्तमान अध्यक्ष प्रकाश बज्राचार्यले साइक्लिङ ‘टुर दी पोखरा’ अहिले नेपालकै ब्रान्ड बनेको उनले सुनाए । अहिले पोखराकै धेरैले पूर्व पश्चिम साइक्लिङ गरिसकेको उनले बताए । अहिले दैनिक १ हजार जनाले साइकल चढ्ने उनले दाबी गरे । पोखराको हरियाली, तालहरू, र हिमालयका दृश्यहरू साइक्लिङका लागि उपयुक्त वातावरण सिर्जना गरिरहेको उनीहरु बताउँछन् । टुर दी पोखरा ब्रान्डले साइकल यात्रीहरूलाई यी सबै आकर्षणहरूको आनन्द दिने साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ बताए । टुर दी पोखरालाई पनि टुर दी फ्रान्सजस्तै प्रचार गरेर पोखरालाई पर्यटकीय राजधानी निर्माण गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया