पोखरा ३३ मा कांग्रेसको सय दिने अभियान

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियानलाई प्रभावकारी बनाइने भएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३ वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि र अभियानमा खटिएका प्रतिनिधिको संयुक्त बैठकले जनस्तरमा पुग्ने गरी अभियान व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको हो ।
वडाका लागि नेपाली काँग्रेस कास्कीले पार्टीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलको संयोजकत्वमा नेपाली काँग्रेस क्षेत्र नं ३(क) का सचिव प्रकाशचन्द्र सापकोटा र पूर्व क्षेत्रीय सचिव प्रेमबहादुर श्रेष्ठ सदस्य रहेको प्रतिनिधि टोली खटाएको छ ।
बैठकले वडाका विभिन्न पाँच स्थानमा बेग्लाबेग्लै कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । ‘क्षेत्र, पालिका र वडास्तरमा अभियान केन्द्रित बनेको छ,’ सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले भने, ’अभियानले पार्टीलाई थप शसक्त बनाउने र जनताको साथमा रहेको भरोसा दिलाउने विश्वास छ ।’ प्रतिनिधि टोली सदस्य प्रकाशचन्द्र सापकोटाले अभियानको क्रममा सञ्चालन गर्नुपर्ने विषयबारे जानकारी दिएका थिए ।
नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३ का वडा कार्यसमितिका सभापति तिलक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर २ सभापति केशरप्रसाद निर्दोषी, जिल्ला सदस्य भोजराज आचार्य, वडाध्यक्ष रामचन्द्र अधिकारी र हरिराम पौडेलले विभिन्न सुझावहरू दिएका थिए ।








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया