सहकारी ऐन नियम तथा समसामयिक विषयमा गोष्ठी

पोखरा । सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा जिल्ला सहकारी संघ कास्की, जिल्ला बचत तथा ऋण संघ, कास्की र कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीको समन्वयमा २०८१ साल पुस १२ गते पोखरामा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा अन्तक्र्रिया भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा. टंकप्रसाद प्रसाईंले मन्तव्य राखे ।
सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष सावित्रा कोइराला, जिल्ला बचत तथा ऋण संघ, कास्कीका अध्यक्ष शेरबहादुर कार्की, कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारी, राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति सदस्य चन्द्र कुमारी पराजुली, विभिन्न विषयगत सहकारी समितिका पदाधिकारी लगायत सहभागी रहे ।
विभिन्न सहकारी संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र व्यवस्थापक गरी ९२ जनाको सहभागिता रहेको कार्यक्रममा धनञ्जय पौडेल, चन्द्रकुमारी पराजुली, अपिल कोइराला, भीमप्रसाद पौडेल, धनराज पुरी, काशी गुरुङ, मोहनप्रसाद आचार्य, संगीता चौलागाईं आदिले जिज्ञासा, सुझाव एवं प्रतिक्रिया राखे ।
मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, सहकारी रजिष्ट्रार भेषराज रिजाल र शाखा अधिकृत चोलाकान्त वाग्लेले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रम शाखा अधिकृत ईश्वरी ढकालले कार्यक्रम सञ्चालन गरेकी थिइन् । जिल्ला सहकारी संघ लि., कास्कीका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले स्वागत मन्तव्य राखे ।
तपाईको प्रतिक्रिया