होटल पौवामा अंग्रेजी नयाँ वर्षको उत्सव

समाधान संवाददाता २०८१ पुष १५ गते ११:४२

पोखरा ।
लेकसाइडस्थित होटल पौवाले मंगलबार (भोली)साँझ अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रम साँझ ७ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ ।

Advertisement


कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारी जानकारी दिए । साथमा, रितु केसी, तबला–मादल वादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र विजय बज्राचार्य तथा बाँसुरी वादक किरण बरालले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् ।


भण्डारीका अनुसार, नयाँ वर्षको अवसरमा आयोजना हुने यो कार्यक्रम सबैका लागि निःशुल्क रहनेछ । होटल पौवाले यो मात्र होइन, देशभरका शाखाहरूमा पनि यस्तै सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको छ । होटल पौवा प्रालिका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले रुपन्देही, भैरहवा, दाङको भालुवाङ, घोराही, र नवलपुरको गैडाकोटका शाखाहरूमा पनि पुस १६ गते सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।


नेपालभर शाखा विस्तार
गौतमका अनुसार, “जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ” भन्ने नाराका साथ होटल पौवाले हालसम्म देशभर १७ वटा शाखा स्थापना गरिसकेको छ । निकट भविष्यमा १०० शाखासम्म विस्तार गर्ने लक्ष्यसहित, होटलले युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्न र रैथाने संस्कृति संरक्षण गर्न ध्यान केन्द्रित गरेको छ ।


हाल होटलका शाखाहरू गण्डकी प्रदेशमा पोखरा र नवलपुर, लुम्बिनी प्रदेशमा दाङ, रुपन्देही र कपिलवस्तु, बागमती प्रदेशमा काठमाडौं, चितवन र सिन्धुली तथा कोशी प्रदेशमा खोटाङ लगायतका ठाउँहरूमा रहेका छन् ।

Advertisement


यस वर्ष होटलले आफ्ना अतिथिहरूलाई परम्परागत चाडपर्व र संस्कृति झल्काउने विशेष कार्यक्रमद्वारा स्वागत गर्दैछ ।

तपाईको प्रतिक्रिया