बालोदयमा उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान

पोखरा
पोखरा–१७, बिरौटामा अवस्थित बालोदय माविमा एसइई र आधारभूत तह नगरस्तरीय परीक्षा–२०८० मा ४.०० जिपिए तथा ३.९५ जिपिए प्राप्त गर्न सक्षम विद्यार्थीहरू, अभिभावक र सो तहमा अध्यापन गर्ने शिक्षकहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० मा जिपिए प्राप्त गर्ने सभ्यता लामिछानेलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरियो भने ३.९५ जिपिए प्राप्त गर्ने पाँचजना विद्यार्थीहरु अभिषेक लामिछाने, लिलेन थापा, मस्जिल पौडेल, संकल्प ढकाल र सुविन्द्र सारु मगरलाई जनही १५ हजार तथा सम्मानपत्रद्वारा सम्मान गरियो ।
यसै गरी आधारभूत तह (कक्षा ८) को परीक्षामा ४ः०० जिपिए प्राप्त गर्ने युनिशा पौडेललाई पनि नगद १० हजार सहित सम्मानपत्रद्वारा सम्मान गरिनुका साथै विद्यार्थीहरुका अभिभावकहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरियो । उक्त कक्षामा अध्यापन गरेका सम्पूर्ण विषयका विषयगत शिक्षकहरु उनीहरूले पु¥याएको योगदानको कदरस्वरूप सम्मान पत्रले सम्मानित भए । नेपाली विषयका शिक्षक टंकप्रसाद पौडेलले यसअघि उदघोष गरेअनुसार नेपाली विषयमा ए प्लस ग्रेड प्राप्त गर्न सफल १४ जना विद्यार्थीहरूलाई व्यक्तिगत रुपमा जनही २ हजार रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरे ।
यसै अवसरमा गत शुक्रबार र शनिबार विद्यालय बाहिर भएका जिल्लास्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा, माध्यमिक तह स्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता, नेपाली निबन्ध लेखन प्रतियोगिता एवं अन्तरविद्यालय चित्रकला प्रतियोगितामा विभिन्न पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रममा तमु ल्होसारको अवसर पारी बालोदय सांस्कृतिक क्लबका प्रतिनिधि छात्राहरू तथा कक्षा ९ का छात्राहरूले २ उत्कृष्ट नृत्य प्रस्तुत गरे । कक्षा ६ का छात्र दियान गुरुङले ल्होसारको महत्वमाथि प्रकाश पारे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यालयले बहुमुखी क्षेत्रमा प्रगति गरेको र आगामी दिनमा देशकै नमुना गुणस्तरीय शिक्षा प्रदायक संस्था बनोस भन्ने शुभकामना दिए । विद्यालयका प्राचार्य टेकनाथ पौडेलले विद्यार्थी शिक्षक र अभिभावकको समन्वयबाट विद्यार्थीको अब्बल नतिजा आएको र भविष्यमा पनि आउने कुरामा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक एवं अध्यक्ष दुर्गादत्त पगेनीले सम्मानित विद्यार्थी शिक्षक र अभिभावक सबैलाई बधाई दिँदै सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । १०+२ इन्चार्ज रमेशकुमार आचार्यले पुरस्कार वितरण कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रम सञ्चालन १०+२ संयोजक टंकप्रसाद पौडेलले गरेका थिए । विद्यालयका प्रबन्ध निर्देशक दुर्गादत्त पगेनीको अध्यक्षतामा कार्यक्रम भएको हो ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया