लायन्स क्लबको रक्तदान
समाधान संवाददाता
२०८१ पुष १६ गते १२:०५

पोखरा ।
डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत लायन्स क्लब अफ पोखरा ग्यालेक्सीको आयोजनामा पोखराको लेकसाइडमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २६ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष राजेन्द्रप्रसाद आचार्यले जानकारी दिएका छन् ।
कार्यक्रममा पिएमसिसि दीपक श्रेष्ठ, डिस्ट्रिक्टका प्रथम उपाध्यक्ष दुर्गाप्रसाद हुमागाईं, एओजी मदन मुल्मी, डिस्ट्रिक्ट इमर्जेन्सी फण्ड म्यानेजमेन्ट चिफ एवं कार्यक्रम संयोजक तथा क्लबका संस्थापक अध्यक्ष होमविलास सापकोटा, जोन ३४ का जोन चियरपर्सन रामकुमार लामिछाने, क्लबका पूर्वअध्यक्ष सुवास आचार्य तथा अम्बरबहादुर थापा एवं क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको रक्त सञ्चार केन्द्रका प्राविधिकहरूले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया