रवि लामिछानेसहित ७ जनाको थुनछेक बहस सुरु

समाधान संवाददाता २०८१ पुष १६ गते १५:५३

पोखरा ।

पाेखराकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाको बयान लिएपछि थुनछेक बहस सुरु भएको छ।

कास्की जिल्ला अदालतका अनुसार मंगलबार सबै प्रतिवादीहरूको बयान सम्पन्न भएको हो। बयान सकिएलगत्तै थुनछेक बहसको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएइको छ ।

Advertisement

सहकारी प्रकरणमा रविसहित गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशी, जीबीका साझेदार लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, र पूर्व सञ्चालक कृष्णबहादुर गुरुङको बयान अदालतमा दर्ता भएको छ।

सहकारी ठगी प्रकरणका आरोपित सबै प्रतिवादीहरूको बयान लिएपछि आजैबाट थुनछेक बहस अगाडि बढाइएको हो।

Advertisement

तपाईको प्रतिक्रिया