सामाजिक सुरक्षा कोषले योगदानकर्ताका छोराछोरीलाई उपचार सेवा दिने

पोखरा । सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध भएका योगदानकर्ताका छोराछोरीलाई पनि उपचार सुविधा दिने तयारी गरेको छ ।
यस अघि स्वयम योगदानकर्ता र योगदानकर्ताको श्रीमान् तथा श्रीमतीलाई समेत उपचार सुविधा दिइरहेको कोषले अब योगदानकर्ताका छोराछोरीलाई पनि उपचार सुविधा दिने तयारी गरेको हो ।
त्यसैलाई कार्यान्वयन गर्ने चरणमा कोषले योगदानकर्तालाई सन्ततिको विवरण अद्यावधिक गर्नका लागि आग्रह गरेको छ । कोषले एक सूचना जारी गर्दै औपचारिक क्षेत्रका योगदानकर्ताको दम्पती र १८ वर्षसम्मका छोराछोरीमा समेत विस्तार भई कार्यान्वयनको चरणमा रहेको भन्दै सन्ततिको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।
उक्त सुविधाकाको दाबी भुक्तानीका लागि केवाईसी अद्यावधिक अनिवार्य हुनुपर्ने व्यवस्था रहेको भन्दै विभिन्न क्षेत्रबाट कोषमा योगदान गर्ने योगदानकर्ता, तिनका दम्पती र १८ वर्षसम्मको छोराछोरीको फोटोसहितको व्यक्तिगत विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नु अनुरोध गरिएको कोषका उप कार्यकारी निर्देशक कृष्ण अधिकारीले जानकारी दिएका छन् ।
कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमार्फत योगदान गर्ने योगदानकर्ताले पाउने स्वास्थ्य उपचार सम्बन्धी सुविधा दम्पती र १८ वर्षसम्मको छोराछोरीमा समेत विस्तार यस अघि नै गरिसकेको छ ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया