बेलुनमा उड्दै पेन्टिङ

समाधान संवाददाता २०८१ पुष १८ गते ११:२३

पोखरा ।
कलाकार नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तर्राष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै २ कलाकृति सिर्जना गरेका छन् । सिंहले बेलायती पाइलट एलेक्सले चार हजार फिट माथि बेलुन उठाउँदा क्यानभासमा सूयोदयको कलाकृतिसँगै अन्नपूर्ण दृष्य चित्र बनाएका हुन् ।

Advertisement


नेपालको हट एयर बेलुनमा उडेर बनाएको पहिलो पटक भएको र अन्तराएष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पनि पहिलो घटना हुन सक्ने बेलुन नेपालका व्यवस्थापक सरोज कोइरालाको दाबी छ । हट एयर बेलुनका पाइलट एलेक्सले हट एयर बेलुनमा बसेर बनाइएको कलाकृति सिर्जनालाई आफ्नो जीवनीको पुस्तकमा समावेश गर्ने बताए ।


फेस्टिफल संयोजक प्रविण महर्जनले बेलुन फेष्टिफलमा बेलुनमा कलाकृतिको सिर्जना ऐतिहासिक क्षण भएको बताउँदै नेपालमा पहिलो पटक डिजे नानाले बेलुनमा प्रस्तुति दिएको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया