जनता सहकारीको रक्तदान
समाधान संवाददाता
२०८१ पुष १८ गते ११:४३

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २९ र ३० मा रहेको जनता बचत तथा ऋण सहकारीको १३ औं वार्षिकोत्सवमा बुधबार राखिएको रत्तदानमा ५८ युनिट रगत संकलन भएको छ । जनताले हरेक वर्ष स्थापना दिवसमा सामाजिक उत्तरदायित्वका काम गर्ने गरेको छ ।
पहिलो रत्तदाता दयाराज भण्डारीलाई बल्डब्याग हस्तान्तरण गर्दै पोखरा ३० का वडाध्यक्ष दुर्गा सुवेदीले रक्तदान सुरुआत गरे । उनले दान मध्यको सबैभन्दा ठूलो रत्तदान भएको बताए ।
संस्थाका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष कुलबहादुर रानाभाट, पूर्वअध्यक्ष शोभामोहन पौडेल, पावरहाउस वजार व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र गुरुङ, सेयर सदस्य दीपकराम ढेवाजु, सचिव भरतराज ओझा र कार्यक्रम संयोजक सर्मिला श्रेष्ठले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया