दीपशिखा पुस्तकालयमा ट्यागबारे छलफल

पोखरा ।
पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपाल अन्तर्गतको टेक एज गल्र्स ट्याग नेपाल परियोजनाबारे छलफल भएको छ ।
दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको छलफलमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुस्तकालयको हितमा आफू सधैं सकारात्मक रहेको बताए ।
पुस्तकालयकी उपाध्यक्ष निर्मला पौडेल, पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, वडा नं ३२ का कार्यवाहक अध्यक्ष रवि तिवारी, वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, वडा नं ३० का वडाध्यक्ष दुर्गा सुवेदी ,डाँडाकोनाक प्रहरी चौकीका इन्चार्ज श्रवणकुमार विक, दीपशिखा महिला सहकारी अध्यक्ष शिवकुमारी सुवेदी, रिड नेपालका प्रतिनिधि भाग्यश्री विष्ट, प्रोजेक्ट सहायक दीक्षा अधिकारी, पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी लगायतले परियोजनाबारे बोलेका थिए ।
उनीहरुले लक्षित समुदायका विद्यालयबाट पिछडिएका, प्रविधिको पहुँच नपुगेका, अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किशोरीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएकाले परियोजनाको निरन्तरतामा जोड दिए । २ वर्षदेखि पुस्तकालयमा सञ्चालन भएको टेक एज गल्सपरियोजनाको प्रभाव राम्रो रहेकाले आफूहरु यसको निरन्तरताका लागि सहयोग गर्न तयार रहेको वडाध्यक्षहरुको भनाइ छ ।
पुस्तकालयमा निःशुल्क रुपमा शिक्षा, कम्प्युटर तालिम, स्वास्थ्य, कृषि, पशु स्वास्थ्य, महिला सशक्तीकरण, जलवायु परिर्वतन, विपद व्यवस्थापनका साथै विभिन्न सीपमूलक तालिमसमेत सञ्चालनमा आएका छन् ।
तपाईको प्रतिक्रिया