सृजना माविका ३ विद्यार्थीलाई छात्रवृत्ति

पोखरा ।
पोखरा ८ सृजनाचोकस्थित सृजना माविका ३ विद्यार्थीले चिनिया भाषा प्रशिक्षण केन्द्र, काठमाडौंबाट २ लाखको एम्बेस्डर छात्रवृत्ति प्राप्त गरेका छन् । विद्यालयको कक्षा ६ का रोहन परियारले १ लाख नगद छात्रवृत्ति प्राप्त गरेका छन् भने कक्षा ८ का अग्रज ढकाल र कक्षा ७ कप् खुसी पौडेलले जनही ५० हजार नगद छात्रवृत्ति प्राप्त गरेका हुन् ।
चिनिया भाषा प्रशिक्षण केन्द्रबाट छात्रवृत्तिका लागि आवेदन माग भएपछि कक्षा ४ देखि ८ सम्म अध्ययनरत ५ सय ७० जनाले आवेदन पेस गरेका थिए । जसमध्येबाट विभिन्न चरणका लिखित र मौखिक परीक्षाका माध्यमबाट ३ विद्यार्थी छात्रवृत्तिका लागि अन्तिम छनोटमा परेका थिए ।
चिनिया भाषा, कला र संस्कृतिमा उत्कृष्टता हासिल गर्न सफल मेधावी तथा जेहेन्दार विद्याथीलाई छनोट प्रक्रियाको प्राथमिकतामा राखिएको छ ।
बिहीवारका दिन एक कार्यक्रमका बिच विद्यार्थीलाई प्रमाणपत्रसहित नगद छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यालयका प्राचार्य डोलराज पाण्डेले केन्द्रबाट प्राप्त नगद रकम र प्रमाणपत्र वितरण गरे ।
प्राचार्य पाण्डेले नेपाल र चीनबीच गहिरो दौत्य सम्बन्ध रहँदै आएको र चीनले विगत लामो समयदेखि भाषा, संस्कृति, कला एवम् प्रविधिका क्षेत्रमा महत्त्वपूर्ण सहयोग र सहकार्य गर्दै आएको बताए ।
नेपाली विद्यार्थीमा पनि चिनिया भाषाको राम्रो ज्ञान भएमा चीनमा गएर विभिन्न विषय पढ्न सजिलो हुने जनाए । उक्त अवसरमा विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरे, विद्यालय निर्देशक सीता पाण्डे, भाइस प्रिन्सिपल इन्द्रकुमार श्रेष्ठ, विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरे, चिनिया भोलेन्टेयर शिक्षक यान युहइले लगायतले बोलेका थिए ।
विद्यालयमा २०७५ सालदेखि चिनिया भाषा प्रशिक्षण केन्द्रको सहकार्यमा कक्षा ४ देखि ८ सम्म नियमित रूपमा चिनिया भाषा पठनपाठन हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया