गण्डकीमा १७ हजार होटल, रेस्टुरेन्ट

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा पर्यटकको लर्काे लागेको देखेर गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा यसले सकारात्मक सन्देश दिएको छ । यसले गर्दा होटल तथा रेस्टुरेन्टमा गरेको लगानीले सार्थकता पाउने देखिएको छ । पर्यटनको राजधानी पोखरासँगै गण्डकी प्रदेशमा पर्यटकको सेवा, सुविधाका लागि ठूला ठूला लगानी भइरहेका छन् ।
केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुुसार गण्डकी प्रदेशमा यो क्षेत्रमा गण्डकीमा १ खर्ब ६ अर्ब ६४ करोड लागनी भएको छ । यो लगानीसँगै गण्डकी १६ हजार ९ सय ७६ होटल रेस्टुरेन्ट बनेका छन् ।
सर्वेक्षणका अनुसार नेपालभर आतिथ्य सत्कार उद्योगको स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब रुपैयाँ बराबर पुगेको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा २ खर्ब ४१ अर्ब २९ करोड ९६ लाख ५ हजार बराबर छ । त्यसपछि गण्डकीमा १ खर्ब ६ अर्ब ६४ करोड, कोसी ८५ अर्ब ६९ करोड, लुम्बिनी ५१ अर्ब ३६ करोड, सुदूरपश्चिम २२ अर्ब ९९ करोड, मधेश २२ अर्ब २३ करोड र कर्णाली प्रदेशमा ११ अर्ब १ करोड बराबर छ ।
मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा होटल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत पुगेको छ । हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टमध्ये कोसी प्रदेशमा २५ हजार ८ सय ८७, मधेस ११ हजार ७ सय ४०, बागमती ५२ हजार १ सय २३, गण्डकी १६ हजार ९ सय ७६, लुम्बिनी २० हजार १ सय ५६, कर्णाली ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया