राधाकृष्ण टोलमा १२४ जनाको सित्तैमा मधुमेह र टिजी जाँच

पोखरा । सहनशील महिला समूह पोखरा ५, राधाकृष्ण टोलमा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय २४ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच सित्तैमा गरिएको हो ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह र टिजीका समस्या हुने कारण, निदान र उपचार पद्धतिबारे प्रकाश पारे । उनले उचित खानपान, नियमित व्यायम, बेला बेलामा चेकजाँच गरे यी रोग लाग्ने सम्भावना कम हुने र लागि हाले पनि बेलैमा उपचार गर्दा अनेक कठिनाइबाट बच्न सकिने उल्लेख गरे ।
पोखरा ५ का कार्यवाहक वडाध्यक्ष गोविन्दप्रसाद पराजुलीले यस खालका शिविरले नागरिकलाई स्वास्थ्यको महत्व बुझाउँदै टोल टोलमै गुणस्तरीय स्वास्थ्य सेवासमेत पुर्याउने उल्लेख गरे । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापना कालदेखि नै सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाहसमेत गर्दै आएको उल्लेख गरे ।
युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले अहिले प्रदेशका १५ शाखाबाट सेवा प्रदान गरिरहेको जनाउँदै चाँडै केही जाँचहरु थप्ने योजनासमेत सुनाए । युआरएलले विभिन्न संघ, संस्थाको सहकार्यका आयोजना गरेको यो एक सय ८७ औ शिविर हो । यी शिविरमा अहिलेसम्म दुई लाखभन्दा बढीले सित्तैमा सेवा लिइसकेका छन् ।
सहनशील महिला समूहकी अध्यक्ष विजयलक्ष्मी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रमा कोइराला, लक्ष्मणप्रसाद कोइराला, पूर्वअध्यक्ष सुमित्रा कोइराला, सचिव सुनिता लामिछाने कोइराला लगायतले बोलेका थिए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया