
जोमसोम ।
मुस्ताङमा करिव ६ करोड ८१ लाख बढीको अवैंध सामान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले कोरलानाका हुँदै लुकाई छपाई जोमसोमतर्फ ल्याउँदै गरेको लु १ ख ६९९९ नंम्बरको ट्रक विेशेष सुराकीको आधारमा शुक्रबार जोमसोम स्थित एक्याप चेक पोष्ट नजिक खानतलासी गर्दा ६ करोड ८१ लाख बढीको अवैंध सामान बरामद गरिएको हो ।
मुस्ताङको उत्तरी कोरलानाका हुँदै बेनीतर्फ जाँदै गरेको उक्त ट्रकमा भन्सार प्रज्ञापन पत्र बिल बिजक बिनाको अवैंध सामाग्री ट्रकमा भेटिएको जिल्ला प्रहरीले कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीको कमाण्डमा प्रहरी कर्मचारी सुराकीका आधारमा चेकजाँच गर्दा ठुलो परिणममा विद्युतीय चुरोट (भेप)सहित दर्जनौ प्रकारका अवैंध सामाग्री भेटिएको डिएसपी बोगटीले बताए ।
प्रहरीले अवैंध रुपमा भन्सार प्रज्ञापन पत्र तथा बिल बिजक बिनै बेनीतर्फ लैजादै गरेको अवस्थामा ट्रक खान तलासी गर्दा १९ हजार थान विद्युतीय चुरोट (भेप)सहित लत्ता कपडा,ईलेक्ट्रोनिक सामान,खाद्य पदार्थ,किराना सामान र पेय पदार्थ गरी १८ प्रकारका सामान बरामद गरेको डिएसपी बोगटीले उल्लेख गरे । विद्युतीय चुरोट (भेप)को लागत करिव ६करोड बराबरको रहेको जनाए ।
प्रहरीले अवैंध सामान ढुवानी गरिएको ट्रकसहित ट्रक चालक तनहु म्यादे गाउँपालिका—५ बस्ने ३६ वर्षीय बिष्णु थापा, ट्रकमा रहेका लोमान्थाङ गाउँपालिका—३ फुवा बस्ने ४१ वर्षीय टसी आङ्ग्या गुरुङ र ट्रकका धनी लोमान्थाङ—३ फुवा बस्ने ४० वर्षीय ध्याचो गुरुङले नियन्त्रणमा लिएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि ट्रकसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन काठमान्डौंमा पठाईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया