सफल ‘प्रिमियम काउ घी’ बजारमा

पोखरा ।
सुजल डेरीले उपभोक्ताका लागि गाईको शुद्ध दूधबाट उत्पादन गरिएको ‘सफल काउ घी’ पोखराको बजारमा उपलब्ध गराएको छ । ‘सफल काउ घी’ उच्च प्रविधिको प्रयोगमार्फत तयार पारिएको शुद्ध, दानेदार र बास्नादार घिउ भएको डेरीले जनाएको छ । यसले खाना परिकारलाई अझ स्वादिष्ट बनाउने कम्पनीले जनाएको छ ।
भिटामिन एजस्ता पोषक तत्वयुक्त ‘सफल काउ घी’ ले दृष्टि सुधार गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन, र छालालाई स्वस्थ राख्न सहयोग पुर्याउने दाबी गरिएको छ । ‘सफल काउ घी’ परिकारलाई स्वादिष्ट र पौष्टिक बनाउने मात्र नभई नेपाली परम्परागत खाना दाल–भातमा सबैभन्दा उपयुक्त हुने कम्पनीले बताएको छ । यो विभिन्न मिठाइ बनाउन, रोटि र पराठामा टपिङ्सका रूपमा प्रयोग गर्न सकिने उल्लेख छ ।
नेपाली धार्मिक तथा सांस्कृतिक महत्वलाई समेत समेट्ने यो घिउ हिन्दू परम्परागत पूजा तथा अनुष्ठानमा प्रयोग गरिने पञ्चामृत बनाउनका लागि उपयुक्त मानिन्छ । ‘सफल काउ घी’ आधा लिटर प्याकमा ७५० रुपैयाँ पर्ने भए पनि विशेष लञ्च अफर अन्तर्गत २५ रुपैयाँ छुटसहित अहिले पोखरामा ७२५ रुपैयाँमा उपलब्ध रहेको सुजल डेरीले जनाएको छ ।
यो घिउ आधुनिक ‘आइएमएल टब प्याकेजिङ’मा उपलब्ध छ । पुनः प्रयोग गर्न मिल्ने प्याकेजिङ यो घिउको विशेषता हो । ‘सफल काउ घी’ आफ्नो गुणस्तर, विशिष्ट स्वाद र शुद्धताका कारण उपभोक्ताको पहिलो रोजाइ बन्ने विश्वास कम्पनीले लिएको छ ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया