अन्नपूर्णमा मौरीपालन तालिम

पोखरा ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आंगिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजनामा मौरी पालनतालिम सुरु भएको छ ।
तालिम अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा आइतबारबाट ६५ दिन (३९० घण्टे) तालिम सुरु भएको शिक्षालयका प्रमुख विकल अधिकारी जानकारी दिए । उनले यस्ता तालिम लिएर स्वरोजगार बन्न आग्रह गरे ।
अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकाले कृषि र पशुपालन शिक्षामा जोड दिइएको उल्लेख गरे । उनले तालिममा सहभागीलाई अनुदान स्वरुप घार उपलब्ध गराउने प्रतिबद्धता गरे ।
वडा नम्बर ४ का वडा अध्क्षय आन्दल गुरुङले मौरी पालनलाई व्यावसायिक बनाउँदै आर्थिक उन्नतिमा लाग्न विद्यार्थी तथा किसानहरूलाई आग्रह गरे । तह १ अन्तर्गत दिइने मौरीपालन तालिममा २० जना सहभागी छन् । तालिमको मुख्य प्रशिक्षकमा जगन्नाथ पौडेल र सहायक प्रशिक्षकमा वर्ष विक छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया