‘पुर्खाको थलो’मा आशको गीत

पोखरा ।
लमजुङका पत्रकार आश गुरुङ (आशबहादुर गुरुङ) को गीत गुरुङ फिल्म ‘पुर्खाको थलो’ मा समावेश गरिएको छ । कान्तिपुर दैनिकका संवाददाता गुरुङले लेखेको यो गीत फिल्मको शीर्ष गीत हो ।
‘ङ्योए नासारी’ बोलको गुरुङ गीतले विशेषतः विदेश रहेकालाई गाउँ फर्किन प्रेरित गरेको छ । गुरुङ फिल्ममा यसअघि विदेश नजान भन्दै गीत निर्माण गरिए पनि यो गीत भने विदेश गएकालाई गाउँ फर्कन आग्रह गरिएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले संगीत संयोजन गरेको यो गीतमा राजबहादुर गुरुङले आवाज दिएका छन् ।
पिटर गुरुङले छायांकन गरेको यो भिडियोलाई ज्योति प्रोडक्सन प्रालिमा विष्णुहरि तिमिल्सिनाले सम्पादन गरेका छन् ।
कास्कीको मादी गाउँपालिका १० भाचोकमा छायांकन गरिएको फिल्म ‘पुर्खाको थलो’लाई फिल्मका लेखक समेत रहेका ओमप्रकाश गुरुङले निर्देशन गरेका छन् ।
कुबिना गुरुङ, दिल घले, उत्तरबहादुर गुरुङ, खिमकुमारी गुरुङ, जोगमाया गुरुङ निर्माता रहेको यो फिल्म केही महिनाभित्रै प्रदर्शन ल्याउने तयारी गरिएको छ । तमु ल्होसारको अवसरमा भिडियोसहितको यो गीत रोधि प्लस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
मुनाल फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्म ‘पुर्खाको थलो’मा गणेशमान गुरुङ, लक्ष्मी गुरुङ, डिबी गुरुङ, लालशोभा गुरुङ, ओम गुरुङ, गणेश गुरुङ, सुस्मा गुरुङ, राजेन्द्र अधिकारी, खिमकुमारी गुरुङ, जोगमाया गुरुङ, गम गुरुङ लगायत कलाकारले अभिनय गरेका छन् ।
कान्तिपुरकर्मी गुरुङले यसअघि गुरुङ फिल्म ‘नानु’, ‘मैरिमो’, ‘टुकी’, ‘मि न्होंर्बे ट’ लगायत फिल्म तथा म्युजिक भिडियो साथै ‘गाउँ चिनारी’ गीत लेखेका छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया