महोत्सवले जुटायो आमाहरुलाई हाजिरी जवाफमा

समाधान संवाददाता २०८१ पुष २१ गते २०:२३

लेखनाथ । कास्कीको लेखनाथमा जारी २० औ सस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समूहका विच राखिएको हाजिर जवाफ प्रतियोगिताको तयारीमा यस क्षेत्रका आमा समूह लागी परेका छन् ।

Advertisement

घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन व्यस्त हुने आमाहरु अहिले लेखनाथ उद्योग बाणिज्य संघले आमा तथा महिला समूहका बिच राखेको हाजिरी जवाफ प्रतियोगितामा भाग लिएर त्यसको तयारीमा साझ बिहान जुटेका हुन् ।

हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यस पटक आमा तथा महिला समूहका विच राखेको हाजिर जवाफ प्रतियोगिताले आमाहरुलाई सामान्य ज्ञानको खोजी गर्दै प्रतियोगितामा सोधिन सक्ने सम्भावित प्रस्नहरुको तयारीमा आन्तरिकदेखि समूहगत रुपको तयारीमा जुटेका हुन् ।
संघले यस पटक आमा तथा महिला समूहको क्षमता अभिबृद्धिमा सहयोग पुग्ने गरि राखेको हाजिरी जवाफ प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् । सहभागी समूह मध्यबाट प्रत्येक दिन चार समूहका बिच प्रतिस्पर्धा गरी आठ समूहलाई सेमी फाइनलमा प्रवेश गराउने गरि प्रतियोगिता संचालन भएको कार्यक्रम संयोजक प्रभा लामिछानेले जानकारी दिएकी छन् ।

Advertisement

सहभागी समूहहरुलाई विषयगत प्रस्न देखि महिलाहरुको जिवनमा प्रयोग हुने विषय वस्तुलाई समेटेर धर्म,सस्कृती,साहित्य,स्थानिय निकाय,विश्व परिपेश देखि राजनितीक देखि साविक लेखनाथ नगरपालिका र लेखनाथ उद्योग बाणिज्य संघ सम्वन्धित प्रस्न तयार गरिएको छ भने अहिलेसम्म २४ समूहका बिच भएको प्रतिश्पर्दामा प्रश्न उत्तरको तारतम्वे मिलेको देखिएको छ ।

यसैबिच प्रतियोगिताबाट सेमिफाईनलमा प्रवेश गरेका आठ समूहका बिच हुने फाईन चरणको प्रतिश्पर्दा हुने छ भने प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार ,द्धितीयले २० हजार,तृतियले १५ हजार र सान्तोनाले १० हजार र वाकी चार समूहले पाँच/पाँच हजार नगद पुरस्कार पाउने छन् । आईतवारसम्म भएको प्रश्पिर्दामा सरस्वती सामुदायिक महिला समहु पोखरा ३३,समाज सुधार आमा समूह पोखरा २९ र सृजना महिला समूह पोखरा २६ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

Advertisement


‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमाको चौथो दिन आईतवार सात हजार दर्शकहरुले अवलोकन गरेको र २० लाख बराबरको आर्थीक कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिएकी छन् ।

यसैविच महोत्सवको थप आकर्षणको रुपमा रुपमा रहेको रत्यौली गीत प्रदशनीमा उज्ज्वल आमा समूह पोखरा २६ को प्रस्तुती रहेको संयोजक गंगा मल्लले जानकारी दिएकी छन् भने विभिन्न जात जातीको स्टेज प्रस्तुतीमा भुजेल समाज लेखनाथको प्रस्तुती रहेको कार्यक्रम संयोजक बुद्धिमाया थापा मगरले जानकारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया