’जनप्रतिनिधि राजनीतिको घेराबन्दीभन्दा माथि उठ्न जरुरी’

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनप्रतिनिधिहरू राजनीतिको घेराबन्दीभन्दा माथि उठ्न जरुरी भएको बताए।
लमजुङ बेँसीसहर नगरपालिका–७ मा गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित दोस्रो पञ्चवर्षीय योजना तहसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले भने, “हाम्रा धेरै योजना भोट केन्द्रित छन्, जनताले विकास महसुस गर्नेगरी काम गर्नुपर्छ।” मुलुकले २०४८ सालपछि विकासमा फड्को मारेको उल्लेख गर्दै उनले खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली लगायत क्षेत्रमा विकास हुँदै गएको बताए।
अहिले दुई ठूला पार्टीको सरकारले केही पनि गर्न नसकेको भनेर भ्रम फैलाउने काम भइरहेको उल्लेख गर्दै उनले त्यसलाई चिरेर अघि बढ्नुपर्ने र यसका लागि योजनाबद्ध ढंगले काम गर्न जरुरी भएको बताए। उनले प्रदेश सरकारले सबैभन्दा बढी खर्च पूर्वाधार निर्माणमा गरिरहेको बताए। बहुवर्षीय योजनालाई निरन्तरता दिएको र सबै योजनाका लागि बजेट उपलब्ध गराएको पनि उनले बताए। रासस








राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया