मुस्ताङमा झोलुंगे पुलबाट खसेर गगनगौंडाका प्रकाशको मृत्यु

जोमसोम । मुस्ताङमा झोलुंगे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित नेपाली सेना र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुंगे पुलबाट खसेर शनिबार अन्दाजी ७ बजेको समयमा पोखरा महानगरपालिका—३० गगनगौंडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
ठकुरी विगत व्यवयाय चलाउने क्रममा मुस्ताङको जोमसोममा बस्दैआइरहेका थिए । जोमसोमस्थित नेपाली सेनाको क्याम्प अगाडि इलेक्ट्रोनिक पसल सञ्चालन गरेका उनी नेपाल रेडक्रम सोसाइटीको भवनमा भाडामा बस्दै आइरहका थिए । कोठाबाट पसलतर्फ जाने आउने गर्दा ठकुरीले जिल्ला प्रशासन पछाडिको झोलुंगे पुल प्रयोग गर्ने गर्थे ।
पुलबाट खसेका ठकुरीको तत्काल प्रहरी नायब निरीक्षक सनम कुमालको कमाण्डमा ५ जनाको सुरक्षाकर्मी टोलीले तत्कालै उद्दार गरी जोमसोम अस्पताल पु¥याएको थियो । ठकुरीलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
पुलबाट खसेर मृत्यु भएका ठकुरीको आइतबार पोस्टमार्टम गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । ठकुरीको शव प्रहरीले आफन्तलाई जिम्मा लगाइएको छ ।







जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया