कास्की जिल्ला टेबल टेनिस संघमा गौतमराज लामा

पोखरा । कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतमराज लामा योन्जन चयन भएका छन् । संघको २० औं साधारणसभा तथा ७ औं अधिवेशनले योन्जनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा मुना थापा, द्वितीय उपाध्यक्ष रविनाथ पन्त, सचिव दीपक भण्डारी, सहसचिवान रवीन्द्र कट्टेल र कोषाध्यक्ष देव भुजेल छन् । कार्यसमिति सदस्यमा किसान जिसी, आस्था केसी, तिलक थापा, सोनिम गुरुङ र समीक्षा पोख्रेल चुनिए ।
सभामा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामाले खेलाडीको सफलता उसको मेहनत र धैर्यमा भर पर्ने बताए । खेलाडी उत्पादनमा राज्यको ध्यान जानुपर्ने बताउँदै उनले टेबुल टेनिस सानो खेल नभई यसका प्रतियोगिता र कार्यक्रम नभएर सानो जस्तो लागेको जनाए ।
संघका सल्लाहाकार रमाकान्त बरालले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन केन्द्रित भएर खेलकुदका गतिविधि वढाउनुपर्ने बताए । नेपाल पत्रकार महासघं कास्की सहसचिव मधु अधिकारीले टेबुलटेनिस सर्वसुलभ खेल भएकाले हरेक वडाको सार्वजनिक स्थल वा भवनहरुमा यसको संरचना बनाउन सके टेबुलटेनिस खेलमा खेलाडीको उत्साह र निरन्तरता बढ्ने बताए ।
संस्थाका अध्यक्ष उत्तम जोशीले राष्ट्रपति रनिङसिल्डमा टेबुल टेनिसलाई समेट्नुपर्ने धारणा राखे । कार्यक्रममा रवि पन्त, निर्मल सोती र सचिव कृष्ण रानाभाटले पनि बोलेका थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया