तिब्बतमा गएको भूकम्पमा परेर ९५ जनाको मृत्यु

पोखरा ।
चीनको पश्चिमी तिब्बत स्वायत्त क्षेत्रमा मंगलबार बिहान ९ बजेपछि गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु हुनुका साथै १३० जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार, भूकम्पले गाउँहरूमा ठूलो क्षति पुऱ्याएको छ।
भूकम्पको केन्द्रबिन्दु सिगात्से (शिगात्से) शहर नजिकैको टिङ्ग्री काउन्टीमा रहेको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ। तिब्बतका अधिकारीहरूले स्तर-२ आपतकालीन प्रतिक्रिया अन्तर्गत ३०० भन्दा बढी उद्धारकर्ता र चिकित्सकहरू परिचालन गरेका छन्। यो प्रतिक्रिया प्रणाली चार-स्तरीय भएकामा दोस्रो उच्च तह हो।
यो तहको प्रतिक्रिया सामान्यतया ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने, १० भन्दा बढीको मृत्यु भएको, वा क्षतिको सम्भावित लागत ५० मिलियन युआन (अमेरिकी डलर ६.८ मिलियन) भन्दा बढी हुने स्थितिमा जारी गरिन्छ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका गतिविधि जारी रहेको र वास्तविक तथ्यांक एकीन हुन बाँकी रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
सिगात्से सहरबाट ३५ किलोमिटर टाढाको केन्द्रबिन्दु रहेको यस भूकम्पको धक्का काठमाडौंलगायत नेपालका विभिन्न स्थानहरूमा महसुस गरिएको थियो। नेपालसँगै भारत, भुटान र बंगालादेशमा पनि धक्का महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।










शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया