आठौं बिटी कप माघ २२ बाट

समाधान संवाददाता २०८१ पुष २३ गते १६:५४

पोखरा ।
पोखरामा क्रियाशील बुद्धटोल युवा (बिटी) क्लबले आठौं वीरेन स्मृति १८ औं बिटी कप खुला फुटबल प्रतियोगिताको मिति घोषणा गरेको छ । क्लबका अध्यक्ष असीम थापाले पोखरा १ पुरानो टुँडिखेल मैदानमा माघ २२ गतेदेखि खुला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिए ।

Advertisement


फुटबलको विकास गर्ने उद्देश्यसहित क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । हामी १८ औं संस्करणसम्म निरन्तर आइपुगेका छौं,’ अध्यक्ष थापाले भने । अध्यक्ष थापाले पुरस्कार राशि र समापन मिति चाँडै तय गरिने बताए ।


गत वर्ष भएको प्रतियोगिताका विजेतालाई नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । अघिल्लो संस्करणको उपाधि लामागाउँ गुम्बाले जितेको थियो ।

तपाईको प्रतिक्रिया