सोम बज्राचार्य स्मृति संगीत पुरस्कार रामभक्तलाई

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले गीत–संगीतमा क्रियाशील स्रष्टालाई प्रत्येक २ वर्षमा प्रदान गर्ने सोम बज्राचार्य स्मृति संगीत पुरस्कार २०८० बाट यस वर्ष वरिष्ठ गायक एवम् संगीतकार रामभक्त जोजिजूलाई पुरस्कृत गर्ने भएको छ ।
पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाइ गीत–संगीतका क्षेत्रमा विगत तीन दशकदेखि गायन क्षेत्रमा क्रियाशील रामभक्त जोजिजूले २०५१ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी ‘समाल ती पाइलाहरू’ बोलको गीत रेकर्ड गराएका थिए । २०५५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ‘उडेर जुन छुन्छु भन्थे’ गीत गाएर उनी प्रथम भए । यो गीतले उनको परिचयलाई फराकिलो बनाएको थियो ।
मञ्जुश्री संगीत महाविद्यालयमार्फत इलाहावादबाट संगीत शिक्षा लिएका जोजिजूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संगीतिक कार्यक्रममा आफ्नो प्रतिभा देखाइसकेका छन् । निरन्तर लगाव र महत्वपूर्ण योगदान दिएका उनले थुप्रै अवार्ड र पुरस्कार पाइसकेका छन् । नेपाली गीत–संगीतको क्षेत्रमा उनले दिएको योगदानको कदरस्वरूप सोम बज्राचार्य स्मृति संगीत पुरस्कार प्रदान गर्न लागिएको प्रतिभा छनोट समितिका संयोजक एवं पोयुसांपका सल्लाहकार कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।
गायक तथा संगीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी धर्मपत्नी शान्ति बज्राचार्यले अक्षयकोष खडा गरी पोयुसांपद्वारा सञ्चालित यो पुरस्कारबाट यसअघि बीमा कुमारी दुरा, श्यामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा, सुनिल थापा, कर्ण दास र श्यामलाल श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा यही आगामी माघ ५ गते शनिबार नगद, ताम्रपत्र र दोसल्लासहित पोखरामा पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष रीता अधिकारीले जानकारी दिएकी छन् ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया