लेखनाथ महोत्सवमा रंगीबिरंगी माछाको एक्वारियमले तान्यो ध्यान

लेखनाथ । कास्कीको लेखनाथमा जारी २०औँ लेखनाथ महोत्सवमा एकै स्थानमा सयभन्दा बढी प्रजातिका माछाको अवलोकन गर्न सकिन्छ । महोत्सवमा पहिलो पटक राखिएको रंगीबिरंगी माछाले भरिएको एक्वारियमले दर्शकहरूको ध्यान तानिरहेको छ । समुद्रमुनिको अनुभूति दिनेगरी सजाइएको एक्वारियममा दर्शक तथा विद्यार्थीहरू फोटो खिचाउन उत्साहित छन् ।
लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा अर्थ तथा वित्त व्यवस्थापन समितिका संयोजक धु्रवबाबु भट्टराईका अनुसार, एक्वारियम महोत्सवको मुख्य आकर्षण बनेको छ । यसले माछासम्बन्धी अनुसन्धान र अध्ययनमा पनि टेवा पुर्याउने सम्भावना रहेको छ । माछाका लागि उपयुक्त वातावरण र पानीको गुणस्तर कायम गर्न आवश्यक व्यवस्थापनमा ठूलो लगानी र वातावरणीय सतर्कता आवश्यक पर्ने उनले बताए ।
यसैबीच, महोत्सवको छैटौँ दिन मंगलबार करिब १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने करिब ३० लाख रुपैयाँको आर्थिक कारोबार भएको प्रचारप्रसार उपसमितिका संयोजक जानुका अधिकारीले जानकारी दिइन् । हालसम्म ९६ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन्, जसबाट ३ करोड रुपैयाँको कारोबार भएको छ ।
बुधबार लोकदोहोरी कार्यक्रममा बद्री पंगेनी, टीका सानु, प्रेमराज अधिकारी, रिया खड्का, रतिमाया खड्का, सन्तोष सुवेदी तथा रातिको कन्सर्टमा रमेशराज भट्टराई र सिर्जना खत्रीले प्रस्तुति दिने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए ।
‘महोत्सवको पनि महोत्सव’ का रूपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपन्छी प्रदर्शनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, र लोपोन्मुख रीतिरिवाज र संस्कृति झल्काउने नृत्य प्रदर्शन रहेका छन् ।
ख्यातिप्राप्त हास्यव्यंग्य कलाकारहरूको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी गीत, र लाइभ म्युजिक कन्सर्ट महोत्सवका थप आकर्षण हुन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया