नेपाल मुस्लिम संघ गण्डकीमा स्याङ्जाका साह मोहमद निर्वाचित

पोखरा। नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ गण्डकी प्रदेशको अध्यक्षमा हाजी साह मोहमद मियाँ निर्वाचित भएका छन्। संघको पोखरामा हालै सम्पन्न दोस्रो अधिवेशनले स्याङ्जा निवासी मियालाई सर्बसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।
संघको उपसभापतिमा कास्कीका अब्दुलमजिद मिया, गोरखाका सलावतदिन मिया र लमजुङकी खानुन मिया (महिला) निर्वाचित भए ।
संघको सचिवमा तनहुँकी अमिना बेगम मिया र गोरखाका जमिल मिया चयन भए । यस्तै, सहसचिवमा स्याङ्जाका मोहमद मिया र इकबाल मिया, तथा कोषाध्यक्षमा कास्कीका जुनेद अहमद निर्वाचित भए ।
प्रदेश समिति सदस्यमा तनहुँका महम्मद हुसेन मिया, लमजुङकी सायरा खातुन, मसिनी मिया, कास्कीका अब्दुल हाकिम मिया, स्याङ्जाकी फरिदा बानु, पर्वतका सैजुन मिया र मोहम्मद करिम मिया चयन भए । यसैगरी नवलपुरका मुनिर अलि, स्याङ्जाका मोहमत आजाद मिया र हाजी अहमद मिया, गोरखाका बाबुदिन मिया, गोरखाका मोहम्मद मिया र स्याङ्जाका फारुक साहा चयन भए ।









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया