तुसारेपानीमा चन्दा उठाएर खेलमैदान निर्माण
म्याग्दी ।
मंगला गाउँपालिका–१ तुसारेपानीमा रु ८० लाख ६२ हजारको लगानीमा खेलमैदान र सामुदायिक भवन निर्माण भएको छ । रु ६७ लाख ३० हजारमा मनकामना युवा क्लबले खेलमैदान र रु १३ लाख ३२ हजार चार सय ६२ लागतमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका हुन् ।
मंगला गाउँपालिका र प्रदेश सरकारबाट रु ३५ लाख ५० हजार अनुदान प्राप्त भएको खेलमैदान निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका चन्दादाताले रु २१ लाख आठ हजार छ सय ५६ र रु १० लाख १७ हजार पाँच सय क्लबले आन्तरिक लगानी गरेको क्लब अध्यक्ष बेलबहादुर पुर्जाले बताए ।
बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदानमा प्यारापिट र स्टेज पनि रहेको छ । व्यवस्थित खेलमैदान भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । आमा समूहको भवनलाई भेला, बैठक, भोज, भतेर, तालिम, गोष्ठी सञ्चालनका लागि पनि प्रयोग गर्न सकिन्छ ।
खेलमैदान, भवन र प्रथम तुसारेपानी कप तथा माघे सङ्क्रान्ति मेलाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । पूर्वसांसद नरबहादुर पुन, जग्गादाता बुद्धिराम पुन र निर्माण समितिका अध्यक्षसमेत रहेका प्रवेशद्वार निर्माता खड्कबहादुर रोकाले शिला अनावरण गरेर आमा समूहको भवन उद्घाटन गरेका थिए । खेलमैदानको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र तुसारेपानी घर भई हाल अष्ट्रेलिया बस्नुहुने मुक्तिप्रसाद रोकाले संयुक्त रुपमा शुभारम्भ गरेका थिए ।









६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ महोत्सव आजसम्म
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया