मायादेवी मन्दिरमा १ करोड ४३ लाख दान संकलन

लुम्बिनी ।
बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट रु एक करोड ४३ लाख ५९ हजार नौ सय ९० संकलन भएको छ । चालु आर्थिक वर्षमा दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
यही पुस १८ गतेदेखि २३ गतेसम्म दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकार भएका व्यक्तिको उपस्थितिमा दानपेटिका खोली गणना गरिएको बताए ।
दानपेटिकामा सङ्कलित दानलाई क्लोज सर्किट (सिसि) क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारी खटाएर गणनाको व्यवस्था मिलाइएको थियो । मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरूले श्रद्धाले यहाँ दान दिने गर्छन् । दानबापत संकलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको कोषका कोषाध्यक्ष भट्टराईले बताए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया