प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता

समाधान संवाददाता २०८१ पुष २४ गते १९:०४

पोखरा । पोखरा स्पोर्टस् एन्ड ब्याडमिन्टन क्लब पोखरा १७ ले ६० वर्ष माथिको खुल्ला मेन्स डबल्स तथा गण्डकी प्रदेशस्तरीय डबल्स ओपन ब्याडमिन्टन प्रतियोगिता २०८१ गरेको छ । सोहीक्रममा गण्डकी प्रदेशस्तरीय महिला डबल्स ओपन ब्याडमिन्टन प्रतियोगिता समेत भएको छ ।

Advertisement

मेन्स डबल्स ओपन ए डिभिजनतर्फ गण्डकी ‘ए’ का विशाल खड्का र राम गुरुङको जोडी विजयी भएको छ । विजेता खेलाडीले ४५ हजार नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको क्लबका अध्यक्ष शंकर भट्टराईले जानकारी दिए । प्रतियोगितामा मुकुल गुरुङ र विशन गुरुङको जोडी द्वितीय भएको छ ।

प्रतियोगितामा द्वितीय हुने खेलाडीको जोडीले ३० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा तृतीय भएका मदन बस्नेत र इशान खड्का तथा अनिल बस्नेत र नविन गुरुङको जोडीले १५ /१५ हजार नगद पुरस्कार मेडल र प्रमाणपत्र पाएको अध्यक्ष भट्टराईले बताए ।

Advertisement

मेन्स डबल्स ओपन बि डिभिजनतर्फ पुकार गुरुङ र तुल गुरुङको जोडी प्रथम भएको छ । विजयी जोडीले ३२ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा सन्दिप अधिकारी र रामचन्द्र खत्रीको जोडी द्वितीय भएको छ । द्वितीय भएको जोडीले २० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा विज्ञान भण्डारी र हिमाल राना तथा हेमकृष्ण श्रेष्ठ र उपेन्द्र श्रेष्ठको जोडी तृतीय भएको छ । प्रतियोगितामा तृतीय हुने खेलाडीले १०/१० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र पाएका छन् ।

मेन्स ६० वर्ष माथिको मेन्स डबल्सतर्फ पोखराका माधव पहारी र चन्द्रकाजी गुरुङको जोडी प्रथम भएको छ । प्रतियोगितामा काठमाडौंका पूर्णबहादुर जोशी र सुरेन्द्र श्रेष्ठको जोडी द्वितीय भएको छ । प्रतियोगितामा जयराम हमाल र प्रेमप्रसाद गुरुङ तथा रमेश भट्टचन र विष्णुलाल श्रेष्ठको जोडी तृतीय भएको अध्यक्ष भट्टराईले जनाए । प्रतियोगितामा प्रथम द्धितीय तृतीय हुने खेलाडीले क्रमश ३०, २० र १०/१० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको क्लबले जनाएको छ । महिला डबल्समा अनिता गुरुङ र पुनम गुरुङको जोडी विजयी भएको छ ।

Advertisement

तियोगितामा निभा राई र आयुष्मा नेपालको जोडी द्वितीय भएको छ । प्रतियोगितामा पुनम पुन र मिनु पुन तथा सञ्जु थापा र यामकुमारी गुरुङको जोडी तृतीय भएको अध्यक्ष भट्टराईले बताए ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई टोलीले ७ हजार ५ सयका दरले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेका छन् स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ पार्दी मुस्ताङचोकस्थित सिरमोर हलमा प्रतियोगिता भएको हो । अध्यक्ष भट्टराईका अनुसार पुरुष डबल्समा ए डिभिजन र बि डिभिजनका खेलाडीले भाग लिएका थिए । ब्याडमिन्टन खेलको विकास र पोखरालाई खेलकुदको सहरका रुपमा विकास गर्ने उद्देश्यले भएको प्रतियोगिताको लागि १० लाख ५७ हजार खर्च लागेको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका स्थायी बासिन्दा, घर जग्गा धनी, व्यवसायी, सेवाधारी, स्कुल कलेजका विद्यार्थीले प्रतिस्पर्धा गरेका छन् । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेको प्रतियोगितामा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कार्यक्रम संयोजक सञ्जय लाभाजु लागयतले खेलको बारेका बोलेका थिए ।

तपाईको प्रतिक्रिया