प्याब्सन कास्कीको ३५ औं स्थापना दिवसमा शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान
पोखरा। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीको ३५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको छ।
बुधबार पोखरामा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले २० वर्षदेखि सेवामा रहेका शिक्षक तथा कर्मचारी, २५ वर्ष पूरा गरेका विद्यालय र कक्षा १० र १२ को बोर्ड परीक्षामा उत्कृष्ट जिपिए हासिल गर्ने विद्यार्थीलाई सम्मानित गरे।
शिक्षक र कर्मचारी सम्मानमा मदरल्याण्ड मावि, मासबारका ६ जना शिक्षक/कर्मचारीलाई सम्मानित गरियो। उनीहरुमा वृहस्पति विक (कर्मचारी/सुरक्षा गार्ड), चन्दना थापा, कल्पना अर्याल, इन्द्रकुमारी गुरुङ, सविता थापा र स्वास्थ्य सहायक अप्सरा कार्की छन्।
त्यसैगरी, तारापुञ्ज एजुकेशन एकेडेमीका शिक्षक अम्बिका भण्डारी, कार्यालय सहयोगी रश्मी खाँड खवास, हेमा गाहा मगर, नीलगिरी इङ्लिस बोर्डिङका सवारी चालक अशोककुमार शेरचन, प्रगति मावि, पोखरा–१६ की शिक्षक राधा पराजुली, कर्मचारी लक्ष्मण बस्नेत र मीना कार्की, एक्स आर्मी पब्लिक विद्यालयका शिक्षक वेदराज ढकाल पनि सम्मानित भए।
पोखरा–१६ स्थित रिभर डेलका चालक भक्तबहादुर तमाङ, कार्यालय सहयोगी धना थापा, शिरशोभा परियार, गोल्डेन नेचर पोखरा–३३ का शिक्षक प्रेमबहादुर बुढाथोकी, न्याश्नल इनभेन्टिभ आवासीय मावि, बैदामका शिक्षक इन्द्रराज शाक्य, विष्णु श्रेष्ठ, सुरेन्द्रमोहन अधिकारी, शीतल ज्योति एकेडेमी, काजीपोखरीकी शिक्षक कमला सिङ्घतन, अमरज्योति मावि, सिमलचौरकी शिक्षक मनकुमारी थापा, न्यू मिलिनियम एकेडेमी, बिरौटाका शिक्षक वर्षा थापा, राजकुमार रानाभाट र नवीता गौतमलाई पनि सम्मान गरिएको छ।
पोखरा रामबजारस्थित विभूति शिक्षा सदनकी शिक्षक इन्दु अधिकारीलाई दीर्घसेवाका लागि सम्मानित गरियो।
स्थापनाको रजत जयन्ती (२५ वर्षको शैक्षिक सत्र) मनाएका विद्यालयहरुमध्ये न्याश्नल इनभेन्टिभ मावि, एक्स आर्मी, शीतल ज्योति र विभूति शिक्षा सदनलाई कदरपत्र प्रदान गरिएको थियो।
गत वर्षको एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरियो। तीमध्ये १० जना मदरल्याण्ड माध्यमिक विद्यालयका छात्रछात्रा हुन्, जसमा आशीष बस्ताकोटी, अविश वाग्ले, अपेक्षा ढुंगाना, इक्युटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल समावेश छन्।
यस्तै, एसइईमा ४ जिपिए ल्याउने सृजना माविका आयुष खड्का, न्याश्नल इनभेन्टिभका विशाल खत्री, डिज्नील्याण्ड एकेडेमिकका सृष्टिना पौडेल, स्मृति लम्साल र सृष्टि भण्डारी, बालोदय माविकी सभ्यता लामिछाने र शान्ति निकेतनकी अदिती पराजुली पनि सम्मानित भए।
कक्षा १२ को परीक्षामा विज्ञान संकायबाट नेपाल टप गर्न सफल मदरल्याण्डकी प्रशंसा बराल (३.९६ जिपिए) सहित, मदरल्याण्डकै व्यवस्थापन संकायकी प्रशंसा बराल (३.९५ जिपिए) र कुमुदिनी होम्सका आदित्य आचार्य (३.८२ जिपिए) लाई पनि सम्मानित गरियो।
अतिरिक्त क्रियाकलापमा संयोजकको भूमिकामा रहेका संयोजकहरु तथा विभिन्न पब्लिकेशनका प्रबन्धक र प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
समारोहमा मन्त्री भण्डारीले प्याब्सनको शिक्षामा महत्वपूर्ण भूमिका रहेको बताउँदै मुलुकको शिक्षा प्रणालीमा आमूल परिवर्तनको अपेक्षा व्यक्त गरे।
कार्यक्रममा नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त बराल, नेकपा (एमाले) कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिकाप्रसाद आचार्य, प्याब्सन कास्कीका प्रमुख सल्लाहकार प्रेमप्रसाद शर्मा लगायतले पनि विचार व्यक्त गरे।
प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले २०५० सालमा स्थापित प्याब्सन कास्कीले शिक्षा प्रदान गर्ने ध्येयका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए। उनले समारोहको सफलताका लागि सबैलाई धन्यवाद दिएका छन्।
तपाईको प्रतिक्रिया