कास्की अदालतमा बहस सकियो

अन्तिममा रविले न्यायाधीश समक्ष भने– श्रीमान् ! तारिखमा छुटेर सहकारी पीडितलाई न्याय दिन मन छ

समाधान संवाददाता २०८१ पुष २५ गते १२:५९

पोखरा ।

Advertisement

कास्की जिल्ला अदालतमा चलिरहेकाे सूर्य दर्शन सहकारी ठगी सम्बन्धि मुद्दाको थुनछेक बहस सकिएको छ । अब आदेश आउन मात्र बाँकी छ । विगत ३ हप्तादेखि न्यायाधिश नितिज राईको इजलासमा यो मुद्दाकी सुनुवाई भैरहेको थियो ।

पूर्वगृहमन्त्री रवि लामिछानेसहित कास्की प्रहरीको हिरासतमा रहेका ६ जना अभियुक्त पूर्पक्षका लागि जेल चलान हुन्छन् कि छुट्छन् भन्ने आम चासोको विषय बनेको छ ।

आज थुनछेक बहसको अन्तिम श्रृङ्खला अन्तरगत सरकारी वकिलहरुले वादीको तर्फबाट जवाफी बहस गर्दै अभियुक्तहरुलाई पूर्पक्षका लागि जेल पठाउन माग गरे ।

त्यसपछि अन्तिममा न्यायाधिश राईले अभियुक्तहरुलाई केही भन्नु छ भन्दै सोधेको श्रोतले बतायो ।

Advertisement

न्यायाधिशले त्यति भन्नासाथ उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले तारिखमाा छुट्न चाहेको बताएका थिए ।

श्रोतका अनुसार उनी उभिएर इजलास समक्ष भनेका थिए– श्रीमान तारिखमा छुटेर सहकारी पीडितलाई न्याय दिन मन छ ।

तपाईको प्रतिक्रिया