लक्ष्मीआदर्श माविका विद्यार्थीलाई तालिम

समाधान संवाददाता २०८१ पुष २५ गते १३:२८

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २७ शिसुवामा रहेको लक्ष्मी आदर्श माविका कक्षा १२ का विद्यार्थीलाई व्यवसायिक तालिम सुरु भएको छ । वडा कार्यालय २७ को आर्थिक सहयोगमा प्लबिङ, हेयर कटिङ, वायरिङ, ब्यूटिसियन र सिलाई सम्बन्धि तालिम दिन लागिएको हो ।

Advertisement


पढाई सकेपछि रोजगारीका लागि आवश्यक पर्ने सिप र ज्ञानलाई तालिमको माध्यमवाट अनुभवी बनाउने उद्देश्यले तालिम दिइन लागिएको वडाध्यक्ष पूर्णकुमार गुरूङले बताए । हातमा सिप र मनमा केही गरौं भन्ने उत्साह जगाउन तालिम गर्न लागिएको साथै यसलाई निरन्तरता दिँदै व्यवहारमा लागूगर्न जरुरी रहेको उनले बताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २७ शिक्षा समिति, वडा जनप्रतिनिधी, वडा सचिव, लेखापाल, शिक्षक, कर्मचारी लगायतको उपस्थित थियो । शिक्षा समिति सदस्य चतुराखर अधिकारी र निवर्तमान प्रधानाध्यापक रविन्द्रनाथ भट्टराईले तालिमलाई पूर्ण व्यवहारमा लागु गर्नुपर्ने सुझाव राखे ।

Advertisement


विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारीले कार्यक्रमको औचित्य तथा उद्देश्य माथि प्रकाश पारे । कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि हरिप्रसाद सापकोटाले राखेका थिए भने लेखापाल गणेश पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया