सिजीका माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा !

पोखरा ।
सिजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । सीजी डिजिटलका स्टोरहरूमा एलजी, सीजी, गोदरेज, मिडिया, र ब्ल्याक प्लस डेकरका माइक्रोवेव ओभन किन्दा ग्राहकहरू कुकिङ सम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्नेछन् ।
यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको कम्पनीले जनाएको छ । सिजी डिजिटलको अनुभवी, प्रशिक्षित, र कुशल सेफबाट यो कक्षा सञ्चालन भइरहेको छ ।
अहिले, इटहरी, विराटनगर, दमक, बिर्तामोड, झापा, काकडभिट्टा, चन्द्रगढी, धरान, उर्लाबारी र लहानमा सीजी डिजिटल तथा एलजीका डिलरहरूसँग यो कुकिङ कक्षा २०८१ पुस २५ गतेदेखि माघ ११ सम्म चलिरहेको छ ।
सिजी डिजिटलका सेफ धनबहादुर बस्नेतले भने, ‘हामीलाई थाहा छ कि आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदै गइरहेको छ । यस क्रममा, हामी ग्राहकहरूलाई सही उपकरण र प्रविधीको प्रयोगमा सघाउन चाहन्छौं । यस कुकिङ कक्षाले माइक्रोवेव ओभनको सही प्रयोग र स्वादिष्ट परिकार बनाउनको लागि आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्नेछ ।’
प्रत्येक ग्राहकलाई निशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिनेछ । कक्षामा विशेष गरी माइक्रोवेव ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइनेछ, भने सुरुमा कक्षामा सिकेर पनि आफूलाई मनपर्ने ब्राण्ड छानेर खरिद गर्न सकिनेछ ।
सिजी डिजिटलले ग्राहकहरुको लागि यस किसिमका नविनतम सेवा र अफरहरू पुर्याएर ग्राहक सन्तुष्टि र विश्वासका लागि आफ्नो प्रतिबद्धता देखाएको छ । ग्राहकहरुले एलजी, सीजी, गोदरेज, मिडिया, र ब्ल्याक प्लस डेकरका माइक्रोवेव ओभनका विभिन्न मोडलहरुमा आकर्षक छुट र विशेष अफरहरु पनि प्राप्त गर्न सक्नेछन् ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया