रवि लामिछाने थुनिने कि छुट्ने ? केही बेरमा आउँदै छ आदेश

पोखरा ।
रास्वपा सभापति रवि लामिछाने लगायत विरुद्ध परेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जि्ला अदालतले केही बेरमा आदेश गर्ने भएको छ । बिहीबार सरकारी वकिलको कार्यालयका वकिलहरुले जवाफी बहस गरेपछि अब आदेश आउने भएको हो । यसअघि जाहेरवाला र प्रतिवादीहरुका तर्फबाट साता दिनभन्दा लामो बहस अदालतमा भएको थियो ।
लामिछानेसहित ४४ जनाविरुद्ध पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका थिए । उनीहरुको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा छ । उनैले अब लामिछानेसहितका प्रतिवादी कोकोलाई थप अनुसन्धानका लागि कारागार पठाउने, कोकोलाई धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्नेछन् ।
मुद्दा लागेकामध्ये १९ जनालाई संगठित अपराधको अभियोग छ । धेरैलाई भने सहकारी ठगीको अभियोग लागेको हो । अहिले कास्की अदालतमा कानुन व्यवसायी र प्रतिवादीहरुसमेतलाई कार्यालय भवनभित्र प्रवेश गर्न दिइएको छैन । रवि लामिछाने लगायतहरु भवन परिसरको प्रतीक्षा कक्षमा बसेर आदेश कुरिरहेका छन् ।
थुनछेक आदेश आउने भएपछि कास्की जिल्ला अदालत वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको छ।







सर्वोदय माविको ७४औं वार्षिकोत्सव
पोखरा विमानस्थलको २ अर्ब बेरुजु ठेकेदारकै भुक्तानीबाट कट्टा हुने
जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया