पाँचौं टाइगर कप भलिबललाई एनसेलको साथ

पोखरा ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने टाइगर कप प्रतियोगितालाई एनसेनले साथ दिने भएको छ । टेलिकम्युनिकेसनमा देशकै स्थापित संस्था एनसेलले टाइगर कपलाई यस वर्षदेखि मुख्य प्रायोजन गर्ने भएको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा पौडेल र एनसेलका प्रतिनिधिले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । एनसेल मुख्य प्रायोजक बन्ने सम्झौता पत्रमा एनसेलको प्रायोजनपछि प्रतियोगिताको नाम ‘एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८१’ भएको छ ।
टाइगर कपको पाँचौ सस्करण माघ १२ गतेदेखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदैछ । प्रतियोगितामा नेपाल र विदेशका गरी १२ टिमको सहभागिता रहनेछ । पुरुषका ६ र महिलाका ६ टिमबीच प्रतिस्पर्धा हुने खेल लिग कम नक आउटका आधारमा खेलाइनेछ ।
प्रतियोगिता विजेता महिला÷पुरुषतर्फका टिमहरुलाई समान रशिको पुरस्कार व्यवस्था गरेका गरिएको छ । यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको क्लबका सचिव डिबी नेपालीले जानकारी दिए । यो वर्ष गरी प्रथम हुनेलाई ५ लाख ८५ हजार ५सय ५५, द्वितीयलाई २ लाख ८५ हजार ५ सय ५५ र तीतृयलाई १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाण– पत्र प्रदान गरिने छ । साथै, विधागततर्फ विजेता खेलाडीलाई एक्सटेप फेसनको जुत्ता उपहारको व्यवस्था गरेका छौं ।
प्रत्येक म्याचमा टाइगर अफ दि म्याच हुन सफल खेलाडीलाई केल्मी नेपालको तर्फबाट एक थान सोभिनियर भलिवल प्रदान गरिने सचिव नेपालीले बताए । यस वर्ष प्रत्येक दिन टिकट काटी प्रवेश गर्ने भाग्यशाली दर्शकलाई एक्सटेप फेसन नेपालको तर्फबाट एक थान टिसर्ट प्रदान गरिने क्बलले जनाएको छ ।
ज्ञवाली टाइगर कप प्रतियोगिता संयोजक

‘पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८१ को संयोजकको जिम्मेवारी रामकृष्ण ज्ञवालीले पाएका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको बिहीबार बसेको बैठकले उनलाई संयोजकको जिम्मेवारी सुम्पिएको हो । संयोजकको जिम्मेवारी पाएका ज्ञवाली समाधान दैनिकका प्रधान सम्पादक हुन् । उनी टाइगर ग्रुप अफ पोखरा नेपालको संस्थापक कार्यसमिति सदस्य हुन् । उनी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष समेत रहिसकेका छन् । चौथो संस्करणको प्रतियोगिताको संयोजकमा दीपक कार्की थिए ।







२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
जलनको पीडा रोकथामप्रतिको उदासिनता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया